काठमाडौँ । सरकारले लामो दुरीका सार्वजनिक सवारी साधनमा बढाएको भाडा दर सार्वजनिक गरेको छ ।
सरकारले लामो दुरीका सार्वजनिक सवारी साधनमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
नयाँ भाडा दरअनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढेको छ । बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।
२०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा बढाएको बताइएको छ ।
हरेक वर्ष हुनुपर्ने भाडा समायोजन लामो समयसम्म हुन नसकेकाले समायोजन गरिएको भाडा वृद्धि धेरै देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यातायात मन्त्रालयले गएको आइतबार अर्थात् असार २७ गते नै भाडा बढाउन विभागलाई सहमति दिएको थियो । विभागले गएको मङ्गलबार (असार २९ गते) देखि नै लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेको थियो ।
यस्तो छ भाडा दर–
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”78751″ /]
सम्बन्धित खबर
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो