पोखराको मेथलाङ डाँडास्थित भीरबाट लडेर २७ वर्षीय युवकको मृत्यु

पोखराको मेथलाङ डाँडास्थित भीरबाट लडेर २७ वर्षीय युवकको मृत्यु

ladera mrityu

पोखरा । पोखरा -१८ मेथलाङ डाँडाबाट लडेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो अन्दाजी १ :४० बजेको समयमा मेथलाङ डाँडास्थित साथीहरु मिलेर मादक पदार्थ सेवन गरी बसेकोमा अचानक भीरबाट लडेर गोरखा जिल्ला घर भइ हाल पोखरा -७ मासवार बस्ने २७ वर्षीय संजोक थापाको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार भीरबाट अन्दाजी ५० मिटर तल लडेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले सोधपुछ तथा अनुसन्धानको लागि निजको साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ