पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं रेफर गरिएकाेमा काठमाण्डौ लगिएको छ ।
उनको थप उपचार काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा हुनेछ । आज बिहान ४ बजे अचानक अस्वस्थ भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल लगिएको थियो । हदयघातको आशंका गरिएको थियो ।
उच्च रक्तचापका बिरामी जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उदृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । अवस्था खतरामुक्त छ । ‘मेयर साबको अवस्था जटिल छैन भनेर डाक्टरहरूले भन्नुभएकाे छ । उहाँ बोलिरहनुभएको छ।’ बरालले भने – ‘दाहिनेतिरको नसामा सानो अवरोध देखिएको भनिएको छ । त्यसले देब्रे हरमा समस्या देखिएको हाे ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिसी नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ