काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप, बेलुका ७ बजेसम्म पसल खुल्ने

काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप, बेलुका ७ बजेसम्म पसल खुल्ने

ktm

काठमाडौँ । काठमाडौँ उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ ।

बिहीबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

म्याद थप भएको निषेधाज्ञामा पसल खोल्ने समय एक घण्टा थप गरेको छ ।

असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएका छन् । होम डेलिभरी र टेक अवे सेवा पनि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ ।

यस्तै, सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds