यातायातमा बढाएको भाडा फिर्ता लिन सरकारसँग पाँच विद्यार्थी संगठनको माग

यातायातमा बढाएको भाडा फिर्ता लिन सरकारसँग पाँच विद्यार्थी संगठनको माग

पाँच विद्यार्थी संगठन

काठमाडौँ । पाँच विद्यार्थी संगठनले सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै सार्वजनिक यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

कोरोना महामारीको यो असहज परिस्थितिमा पनि ठूलो मात्रामा भाडा वृद्धि गरिनु गरिबमारा निर्णय भएको संगठनको ठहर छ ।

तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’

पाँच विद्यार्थी संगठनले साउन १ गते भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds