प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन सिफारिस

प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन सिफारिस

baithak

काठमाडौँ । सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते  दिउँसो ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए।

गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds