गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका क्षेत्रमा पनि कोभिड विरुद्धको खोप अभियान जारी छ । हिजो र आज दुई दिन मात्रै तोकिएकाले पनि खोप केन्द्रहरुमा भिडभाड बढेको छ ।
स्वास्थ्य मन्त्रालयले खोप जेष्ठ नागरिक, विद्यालय/क्याम्पसका शिक्षक र कर्मचारीहरु, सार्वजनिक सवारीका चालक/परिचालक, अत्यावश्यक सेवामा संलग्न कर्मचारी, खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाउने भने बमोजिम यस वर्गमा परेकाहरु अहिले खोप केन्द्रमा लाइन बसिरहेका छन् ।
पोखराकै नयाँबजार स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पनि यतिबेला दुई वटा लामो लाइनमा खोप लगाउन वर्षे झरीको परवाह नगरी उभिइरहेका छन् । हिजो पनि उस्तै भिड थियो ।
तर, अधिकांश खोप केन्द्रहरुमा अनियमितता भइरहेको गुनासो आइरहेको छ । लाइन बस्नेहरु लाइनमै रहने, लाइन नसर्ने, पहुँचवालाहरु भित्रभित्रै पसी कार्ड बनाएर खोप लगाएको ट्वाल्ल हेर्न बाध्य छन् । सबै खोप केन्द्रहरुमा जात्रा झैं भीड छ । न कुनै भौतिक दूरी कायम छ, न त स्वास्थ्य मापदण्ड नै अपनाइएका छन् ।
पोखराका शिक्षक विक्रम पौडेलले आफू दिनभर लाइन बसेको तर पालो आउने बेलामा आजलाई सकियो भनेर पठाइदिएको सामाजिक सञ्जालमार्फत् नै बताएका छन् । उनले लेखेका छन्- ‘सरकारको मापदण्ड पनि छ । सुरक्षाकर्मी पनि छन् । कुन मापदण्डका मान्छेको सुई लगाउने ? पालो कति बेला ? भन्ने ठेगान छैन । न कुपनको व्यवस्था छ, न व्यवस्थित गर्ने मान्छे । खुसुखसु चोर बाटोबाट इष्टमित्र छिरेकै छन् । केही बर्षअघि बिहान ४ बजेबाट पेट्रोल पम्ममा लाइन बसेर दिउँसो १२ बजेतिर पालो आउनै लाग्यो भन्ने बेला लौ तेल सकियो भनेर सटर तानेको याद आयो। करिब ३ घन्टा लाइन बसियो, ३.३० बजे नै लौ आजलाई भ्याक्सिन सकियो घर जानोस् भन्ने आदेश कर्मचारीले सगर्व दिएपछि हजुर वरिष्ठ हस्त नमस्ते भनेर फर्केर आइयो ।’
खोप नियमित रुपमा जारी रहन्छ, अनावश्यक भिड नलाग्नुहोस्ः सहायक सिडिओ
भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउन भनिएका सम्पूर्ण व्यक्तिहरु एकै पटक आउनु र भोलिका दिनमा पनि खोप पाउन कठिन हुन्छ कि ? भन्ने अविश्वासका कारण पनि भीड बढी भएको सहायक सिडियो कृष्णचन्द पौडेलले बताए।
पौडेलले कास्कीमा निरन्तर खोप लगाइने भएकोले हतार गरेर अनावश्यक भिडभाड हुने गरी जम्मा नहुन अनुरोध गरेका छन् । खोप लगाउन आउँदा संक्रमित व्यक्तिहरु पनि आउन सक्ने सम्भावना प्रबल भएको हुँदा स्वास्थ्यको मापदण्ड प्रयोग गर्दै भौतिक दुरी कायम गरी सुरक्षित तरिकाले खोप लगाउन आम अमुदायलाई उनले अनुरोध गरे ।
खोप लगाउने आमनागरिक र व्यवस्थापन पक्षलाई सहज होस् भनी सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मी, कर्मचारी, सवारी चालक र अन्य अत्यावश्यक सेवा संलग्न व्यक्तिहरुलाई कास्कीमा अहिले सञ्चालन भइरहेका खोप केन्द्रमा नभई छुट्टै ठाउँमा विशेष तरिकाले खोप लगाउने व्यवस्था गर्न लागेको सहायक सिडियो पोडेलले जानकारी गराए।
प्रशासनको अनुगमन
खोप कार्यक्रमलाई पारदर्शी र व्यवस्थिति बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक सिडियो कृष्णचन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीबाट पदम श्रेष्ठ बुधबार अनुगमनमा सहभागी थिए।
पोखरा महानगरपालिका वडा नं. ५, ६, ७ ८ र ९ मा अनुगमन गर्दा सम्पूर्ण वडामा ४ सय डोज खोप उपलब्ध भएको वडामा कार्यरत कर्मचारीले जानकारी गराएका थिए। माग गरिए बमोजिम खोप उपलब्ध गराउँदा खोप विग्रन सक्ने कारणले गर्दा निश्चित मात्रामा खोप उपलब्ध गराएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जानकारी गराएको थियो।
निश्चित तापक्रममा राखिएको खोप निकालिसकेपछि ३ घण्टा भित्र लगाइसक्नुपर्ने र खोप केन्द्रमा सुरक्षित राख्ने स्थान नभएकोले एकैचोटी धेरै खोप ल्याउन नमिलेको मन्त्रालयले जानकारी गराएको थियो।
आवश्यकताअनुसार खोप केन्द्रलाई १ सय देखि २ सय डोज खोप थप गरिएको जानकारी गराएको थियो।व्यवस्थापनमा वडाकार्यलयका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी र नागरिक समाजहरु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असार २९ गतेबाट देशव्यापी रुपमा खोप लगाउने आह्वानले गर्दा कास्की जिल्लाका अधिकांश वडामा ठूलो मात्रामा भिड बन्न पुगेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने