गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित हुन सकेन । सत्तापक्षीय गठबन्धनले बहुमतले पारित गरेको छ ।
सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए । पर्याप्त छलफल विना नै बलमिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमाले आक्रोशित बनेको हो । केहि सांसदले विरोधस्वरुप टेबल पनि उठाएर फालेका थिए ।
मार्सल लगाएर विनियोजन विधेयक पास गराउन खाजेपछि एमाले सांसदहरुले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरु बाहिरिएपनि सभामुखले सदन अघि बढाए र बैठकमा निर्णयार्थ पेश भएको विनियोजन विधेयक पास गरियो ।
अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गरेको विधेयक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा बहुमतले पास गरेको हो ।
एमालेले विभिन्न १० बुँदे माग अघि सार्दै मुख्यमन्त्रीलाई समेत बुझाएको थियो । बजेटमा समावेश नगरिएको भन्दै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका थिए । आजैमात्र चारपटक संसद् बैठक अवरुद्ध भएको थियो ।
‘१० बुँदे मागको सम्बोधन पनि गरिएन । सभामुख बल मिच्याईं ढंगले अघि बढ्नुभयो, एक्लै सदन चलाउनुभयो, हामीले सदन छाडिदियौँ, हामी यससम्बन्धमा धारणा सार्वजनिक गछौंँ’ एमाले सांसद राजिव पहारीले भने । एमाले संसदीय दलले अहिले साढे ५ बजे पत्रकारहरुसँग आफ्नो धारणा सार्वजनिक गर्दैछ ।
साढे ३ वर्ष जनपक्षीय काम गरेको एमाले नेतृत्वको सरकारका राम्रा कामहरुलाई समेत काँग्रेस सरकारले बेवास्ता गरेको एमालेको भनाई छ । बजेटको न्यायोचित वितरण नभएको एमालेको आरोप छ ।
स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता कार्यक्रम नसमेटिएको भन्दै एमालेले सदन अवरोध गरेको हो ।
यसअघि सदनमा बोल्दै एमाले सांसद रामशरण बस्नेतले भनेका थिए ‘आज बजेट छैन भन्ने अनि १ लाख देखि ३० लाख सम्मका ६३० योजना थपिएका छन्, १२ देखि २० लाख सम्म २३६ योजना थपिएका छन्, २५ देखि ३० लाखसम्म १३० योजना थपिएका छन् ।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नागीधार महोत्सव एक दिन थप
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी