सरकारले २० देखि २८ प्रतिशतसम्म बढायो गाडी भाडा

सरकारले २० देखि २८ प्रतिशतसम्म बढायो गाडी भाडा

bus-youn-durbabahar

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

भाडा समायोजन सम्बन्धमा असार २७ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

गत असार २७ गते तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जाँदाजाँदै भाडा वृद्धिको स्वीकृति प्रदान गरेका थिए ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनाअनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत र मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत वृद्धि भएको छ । मालबाहक सवारीतर्फ पहाडी बाटोमा २० र तराईको बाटोमा २६ प्रतिशत भाडा वृद्धि गरिएको सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ