‘पार्टी एकताको प्रयास गर्दा धम्की आयो’ – भीम रावल

‘पार्टी एकताको प्रयास गर्दा धम्की आयो’ – भीम रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन रोक्न आफूले प्रयास गर्दा अन्य राजनीतिक दलका केही नेताबाट धम्की आएको दाबी गरेका छन्।

आफूले पार्टी एकताका लागि विवाद समाधानका लागि गठित कार्यदलका बसेर काम गर्दा केही राजनीतिक दलका नेताबाट धम्की आएको दाबी गरेका हुन्। रावलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ।’

उपाध्यक्ष रावलले आफूलाई धम्की आएको दाबी गरेपनि कुन दल र कुन नेताले दिएको भन्ने खुलाएका छैनन्। रावलले आफू असार २० गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको कुरा माधव नेपाल र रघुजी पन्तलाई जानकारी रहेको उल्लेख गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ