माधव नेपाललाई पार्टीमा ठाउँ छैन: ओली

माधव नेपाललाई पार्टीमा ठाउँ छैन: ओली

KP Oli PM Nepal

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेका आरोप लगाएका छन् ।

बुधवार सरकारी निवास छाडेर भक्तपुरको बालकोटस्थित निवासमा प्रवेश गरेपछि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘हाम्रै पार्टीभित्र घुसपैठ भयो । पार्टी, लोकतन्त्र र आफ्नै सरकार ढाल्ने काम भयो । माधव नेपाल जस्ता लाज शरम हराएका व्यक्तिले त्यसको अगुवाइ गरे,’ ओलीले भने ।

उनले अन्य कार्यकर्ताले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताए । उनले भने ‘अन्य कार्यकर्ता कमजोरी स्वीकारेर पार्टीमा आए भूमिका दिइने छ । माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्र्नेे कुनै ठाउँ छैन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ