सेनाका जवानले गरे गोली हानी आत्महत्या

सेनाका जवानले गरे गोली हानी आत्महत्या

goli-prahar

महोत्तरी । महोत्तरीस्थित नेपाली सेनाको ब्यारेकमा एक सैनिक जवानले आफैँलाई गोली हानी आत्माहत्या गरेका छन्।

जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित रणभिम गणमा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ः०० बजे आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।

तामाङले आफूले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नो कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ। तामाङले किन आत्माहत्या गरे भन्ने अहिलेसम्म नखुलेको बताइएको छ।

घटना स्थलमा प्रहरी टोलीले प्रकृति मुचुल्का उठाइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ