स्वास्थ्य कार्यालय कास्कीले पोखराका विभिन्न वडाहरुमा बुधबार र विहीबार खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।
कास्कीका स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यका अनुसार पोखरा महानगरपालिकाको ग्रामीण भेग बाहेकका वडाहरुमा र स्वास्थ्य कार्यालयहरुमा खोप लगाउने टुंगो भएको हो । कास्कीका गाउँपालिकाहरुमा वडावडामै खोप लगाउने प्रबन्ध मिल्ने उनले जानकारी दिए ।
कास्कीका लागि चिनियाँ खोप भेरोसिल ३६ हजार डोज आएको जानकारी पनि आचार्यले दिए । गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप आएको हो ।
चीनबाट सरकारले किनेर ल्याएको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने भएको हो । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।
विदेश जाने नागरिकका लागि पासपोर्टमा भिसा लागेको हुनुपर्ने र सिडिओले प्रमाणित गरेको हुनुपर्ने जानकारी स्वास्थ्य कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन् । प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेसाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने भनिएको छ ।

सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते