नियुक्ति सच्चिएपछि नवनियुक्त प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको शपथ

नियुक्ति सच्चिएपछि नवनियुक्त प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको शपथ

sher-bdr-deuwa

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । देउवाले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गरेको पत्रको भाषामा विवाद भएपछि देउवाले शपथ लिन मानेका थिएनन् । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

कांग्रेसबाट खाण र कार्की, माओवादी केन्द्रबाट शर्मा र भुसालले लिए मन्त्रीको शपथ

कांग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्री पदको शपथ लिएका छन् । खाणले गृह, कार्कीले कानुन, शर्माले अर्थ र भुसालले ऊर्जा मन्त्रालय सम्हाल्नेछन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथलगत्तै मन्त्रीहरूले शपथ लिएका हुन् । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई-दुईजना मन्त्री नियुक्त गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ