राष्ट्रपतिको विज्ञप्तिमा देउवाले आपत्ति जनाएपछि सपथमा ढिलाई, शीतलनिवास पुगे

राष्ट्रपतिको विज्ञप्तिमा देउवाले आपत्ति जनाएपछि सपथमा ढिलाई, शीतलनिवास पुगे

cvr_nvoN

राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि सपथ ग्रहण कार्यक्रममा ढिलाई भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि ढिला गरी शीतलनिवास पुगेका छन् । ​साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताए। राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

​​आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।

कानुनविद्हरुले पनि देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरेको भन्दै आपत्ति जनाएका छन् ।

देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ