पोखराको विपि मार्गबाट अवैध गाँजासहित स्याङ्गजाका एक युवक पक्राउ

पोखराको विपि मार्गबाट अवैध गाँजासहित स्याङ्गजाका एक युवक पक्राउ

ek sark

पोखरा । पोखराको विपि मार्गबाट एक युवक अवैध लागु औषध गाँजासहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं -१४ विपिमार्गमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं -६ स्थायी घर भइ हाल पोखरा -२६ बुढीबजार बस्ने २५ वर्षीय विक्रम भनिने एक बहादुर सार्की पक्राउ परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनको साथबाट अवैध लागु औषध गाँजा ९७० ग्राम फेला पारेको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट १० दिनको म्याद थप लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ