जाँदाजाँदै ओलीले भने : ‘मैले ल्याइदिएको खोप लगाएर भरेदेखि नै तमासा देखाउन सुरु गर्छन्’

जाँदाजाँदै ओलीले भने : ‘मैले ल्याइदिएको खोप लगाएर भरेदेखि नै तमासा देखाउन सुरु गर्छन्’

kp-sharma-oli

काठमाण्डौ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पर्याप्त मात्रामा खोप ल्याएको दाबी गरेका छन्। मङ्गलवार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले थप ६० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको भन्दै ओलीले अमेरिकाबाट सोमबार मात्रै १५ लाख चानचुन डोज खोप नेपाल आएको बताए ।

आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको कारण खोपको कुनै प्रकारको अभाव नहुने उनले बताएका हुन् । तर, अबको सरकारले आफैले खोपको व्यवस्था गरे झैँ देखाउन तमासा गर्ने बताए ।

उनले भने, ‘हुन त मलाई थाहा छ, भरे बेलुका वा भोलि बिहानबाट सुरु हुनेछ–हामीले ल्याइदिएर लगाइरहेको खोप फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौ भनेर तमासा सुरु हुनेछ । जादु गरेर उनीहरूले आजै खोप ल्याएको हो कि जसरी प्रचार गर्नेछन् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ