काँग्रेसबाट गृहमा खाँड, कानुनमा कार्की

काँग्रेसबाट गृहमा खाँड, कानुनमा कार्की

balkrishna_gyanandra

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जनाले पहिलो चरणमा सरकारमा सहभागिता जनाउने भएका छन्।

गृहमन्त्रीमा बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने भएका हुन्। कार्की यसअघि देउवा मन्त्री हुँदा अर्थमन्त्री थिए। खाँड रक्षा र जलश्रोतमन्त्री भइसकेका छन् ।

उता, नेकपा माओवादी केन्द्रबाट जनार्दशन शर्माल् अर्थ र पम्फा भुसालले उर्जा मन्त्रीको शपथ लिन लागेका हुन् ।

विपक्षी गठबन्धनको जनता समाजवादी पार्टी भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टी विवादका कारण जसपाले सरकारमा मन्त्री नपठाउने भएको एक नेताले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ