गण्डकी प्रदेश जडिबुटीको भण्डार क्षेत्र हो : मन्त्री अधिकारी

गण्डकी प्रदेश जडिबुटीको भण्डार क्षेत्र हो : मन्त्री अधिकारी

216733397_344315520632744_3971293069623352681_n

पोखरा । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटी भएको प्रदेश भएको बताएका छन् ।

गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्धन बाट प्रदेशको आयुर्वेदिक पर्यटन समेत विकास हुने बताए । मानिसको जिवनशैली दैनिक रुपमा भोगबिलासी तर्फ गईरहेको अवस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको विकास, संरक्षण, विस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उनले जोड दिए । ग्रामिण भेगका जडिबुटीदेखि विश्व बजारमा बहुमुल्यमा बिक्री हुने जडिबुटीलाई राज्यले उचित व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाई थियो ।

अहिलेको पछिल्लो कोरोना भाईरस संक्रमणले पनि खानपान र रहनसहनमा परिबर्तन आवश्यक रहेको चेतावनी मानवजातीलाई दिएको छ । हामीले यो अवस्थालाई पनि एउटा अवसरको रुपमा लिएर हाम्रा सम्पतीलाई विश्व बजारमा बजारीकरण गर्न आवश्यक रहेकोमा उनले स्पष्ट पारे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले सीमित  स्रोत साधनका बिचमा पनि गण्डकी आर्युवेद औषधालयले प्रगती गरेको बताए । सरकारले यो क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने र मन्त्रालयले समन्वय गर्ने उनले उल्लेख गरे । औषधालयका प्रमुख डा. कुमार कासुलाले रणनितिक तहगत समस्याहरुको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरेको बताए । आयुर्वेदिक लाई बौद्धिक सम्पतीको रुपमा लिई राज्यले संरक्षण गर्न पर्नेमा उनको जोड थियो ।

उक्त कार्यक्रममा औषधालयले र्निमाण गरेको प्रदेश भित्रका आयुर्वेदिक बिषयका जानकारी समेटिएकोे डायरी बिमोचन गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds