ओलीले बालुवाटार छाड्नुअघि २ बजे सम्बोधन गर्दै, एमाले स्थायी समिति बैठक स्थगित

ओलीले बालुवाटार छाड्नुअघि २ बजे सम्बोधन गर्दै, एमाले स्थायी समिति बैठक स्थगित

kp_oli_j

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

दिउँसो एक बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आजको बैठकमा पार्टी एकता कायम राख्नका लागि तयार भएको १० बुँदे मस्यौदा अनुमोदन गर्ने कार्यसूची थियो ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा समबोधन गर्ने कार्यक्रम तय भएका कारण स्थायी कमिटी बैठक स्थगित गरिएको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अर्को बैठकको मिति तय भएको छैन । यसअघि वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न सोमबार साँझ बैठक डाकिएको थियो । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका कारण बैठक अनौपचारिक रूपमा मात्र बसेका थियो ।

माधव नेपाल पक्षसहितको बैठक राख्नेगरी छलफल भइरहेका कारण केही समय बैठक स्थगन भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ