मंगलबारबाट देशैभर खोप लगाइने, भेराेसेल र जाेन्सनकाे खाेप पाउने

मंगलबारबाट देशैभर खोप लगाइने, भेराेसेल र जाेन्सनकाे खाेप पाउने

corona-khop

काठमाडौं, असार २८ । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप मंगलबारदेखि लगाउन सुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी असार २९ गतेदेखि देशभर नै खोप लगाउन सुरु गर्ने जनाएको हो । भेरोसेल खोप ५५ बर्षमाथि उमेर समुहका व्यक्ति , विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरुलाई लगाउने निर्णय भएको छ ।

यस्तै सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति र खोप अनिवार्य गरेका देशका जाने नेपाली नगारिकलाई समेत दिइने छ ।

यस्तै मंगलबार प्राप्त भएको जोनसनको १५ लाख डोज खोप भने ५० देखि ५४ बर्ष उमेर सम्मका खोप लगाउन छुटेका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्ता भएका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds