बालुवाटार पुगेका भीम रावल स्थायी कमिटी बैठकमा बसेनन्, सहमतिपत्र बुझाउन आएको जनाउ

बालुवाटार पुगेका भीम रावल स्थायी कमिटी बैठकमा बसेनन्, सहमतिपत्र बुझाउन आएको जनाउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावल स्थायी कमिटीको बैठकमा सहभागी नभएरै निस्किएका छन्। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक बसिरहेको भए पनि रावल भने सहभागी नभएरै निस्किएका हुन्।

आफू कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्र हस्तान्तरण गर्न आएकाले बैठकमा सहभागी नभएको रावलले बताए। ‘अध्यक्षलाई सहमति पत्र हस्तान्तरण गर्न आएको थिएँ, अब म आफ्नो गन्तव्यतिर लाग्दै छु,’ रावलले भने।

उनले आफू बैठकमा सहभागी हुन नआएकाले बैठकबारे कुनै जानकारी नभएको बताए। उनले ओलीलाई भेटेर सहमति अनुसार एमालेको एकता कायम राख्न आग्रह गरेका थिए।

बालुवाटारमा बसिरहेको एमालेको बैठकलाई वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बहिष्कार गरेको छ। नेपाल कोटेश्वरमा भइरहेको विपक्षी ५ राजनीतिक दलको गठबन्धनको बैठकमा सहभागी भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ