प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला प्रति विपक्षी गठबन्धनले स्वागत गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश नै दिएपछि काँग्रेसले दिल खोलेर स्वागत गरेको छ । देउवा निवासमा बधाई दिने भिड समेत लागिसकेको छ ।
ओली समूहले भने उक्त निर्णयले राजनीतिक अस्थिरता बढ्ने भन्दै आन्दोलनको चेतावनी दिएको छ। युवा संघले अदालतको फैसला कार्यान्वयन नगर्न भन्दै आन्दोलन घोषणा गरेको छ। ओली निकट नेता महेश बस्नेतले आन्दोलनका लागि आह्वान समेत गरेका छन्।
यसअघि नै असार १८ र १९ गते बालुवाटारमा सम्पन्न एमालेको केन्द्रीय कमिटीको बैठकमा ओलीले आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए।
ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अदालतको फैसलाले अस्थिरता बढाउने बताएका छन्। ुसंसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनतादे अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो’ पोखरेलले भनेका छन्।
यस्तै, विपक्षी गठबन्धनले भने अदालतको फैसलाको स्वागत गरेको छ। गठबन्धनमा आवद्ध राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले अदातले ओलीको गैर संवैधानिक निर्णयलाई सच्याएको बताएका छन्। औपचारिक धारणा सार्वजिनक गर्न गठबन्धनको सिंहदरबारमा बैठक बस्दै छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने