निषेधाज्ञाकै बीच राजस्व संकलन लक्ष्य नजिक, १३ प्रतिशत मात्र बाँकी

निषेधाज्ञाकै बीच राजस्व संकलन लक्ष्य नजिक, १३ प्रतिशत मात्र बाँकी

Tax

चालू आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य अनुसार उठ्ने देखिएको छ । चालू आर्थिक वर्ष सकिन ४ दिन बाँकी लक्ष्यमा पुग्न १३ प्रतिशतमात्र बाँकी रहेको छ । सरकारले १२ औं महिनाको अन्तिम ४ दिन बाँक़ीसम्ममा १० खर्ब ११ अर्व ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ८१ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व विभागले ४ सय ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । हालसम्म त्यसको ८६ प्रतिशत राजस्व संकलनगरिसकेको आन्तरिक राजस्व विभागका महानिर्देशक झक्क प्रसाद आचार्यले जानकारी दिए । उनले भने, “तोकिएको लक्ष्यअसार मसान्तसम्म पुग्ने छ , त्यो भन्दा बढी भने उठ्ने सम्भावना कम छ ।”

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आव असार मसान्त सकिन लाग्दासम्म ७६.१५ प्रतिशतमात्र खर्च गरेको छ । जसमा सरकारले १४ खर्ब ७४ अर्व ६४ करोड ५४ लाख रुपैयाँखर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म ११ खर्ब २२ अर्व ९४ करोड ३८ लाख रुपैयाँमात्र खर्च गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds