भौतिक पूर्वाधार मन्त्रालय चाहिन्छ भन्दै अहिलेसम्म विनाविभागीय मन्त्रीकै रुपमा रहेका राजिव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हाल्न पुगेका छन् ।
उनी यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको क्याबिनेटमा दुई पटक खेलकुदमन्त्री बनिसकेका छन् । एमाले छोडेर गठबन्धनमा लागेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनको दाबी थियो । तर, दुई ठूला दलमध्ये एकले फुटाइएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिने भएपछि मनाङेको भागमा पुरानै मन्त्रालय परेको हो । भौतिक नपाएकै कारण उनले पनि १३ गते मन्त्रालयको जिम्मेवारी लिन मानेका थिएनन् ।
गत २९ जेठमा कांग्रेस नेतृत्वमा गठित सरकारमा बिनाविभागीय मन्त्रीको शपथ लिएका उनले एक महिनापछि आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । गत १६ वैशाखमा मनाङे पहिलोपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । त्यतिबेला उनी १० दिन खेलकुदमन्त्री रहे ।
मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए । २९ वैशाखमा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले शपथ लिएपछि पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए । ९ जेठमा उनी फेरि सोही मन्त्रालयमा दोहोरिए ।
कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङे गठबन्धन सरकारमा पनि सोही मन्त्रालय सम्हाल्न तयार भएका हुन् ।
‘ठग्नलाई सबैले भौतिक मन्त्रालय ताक्ने रैछ, मुख्यमन्त्रीलाई तपाईँहरु र माओवादी मिलेर खानुस् भन्दिँए’
मनाङ्गेले भौतिक मन्त्रालयमा सेटिङ मिलाएर भ्रष्टाचार गर्नेहरु धेरै जाने भएकाले पछि आफूलाई त्यो मन्त्रालय लिन मन नलागेको प्रतिक्रिया दिए ।
पैसाको भ्रष्टाचार गर्न पाउने भएकैले दलहरुले तानातान गरेको बताउँदै उनले भने –‘काँग्रेसले पनि भौतिक ताक्ने, माओवादीले पनि भौतिक ताक्ने सबैले भौतिक किन ताक्छन् ? त्यहाँ के रहेछ भनेर हेर्न खोजेँ । त्यो मन्त्रालय ठग्नलाई पनि राम्रो रहेछ । ओभरसेयर, इन्जिनियरसँग मिलेर मन्त्रीहरुले खाने रहेछ । त्यस्तो मन्त्रालय चाहिँ मलाई चाहिँदैन । त्यस्तो मन्त्रालयमा गएर मेरो काम पनि छैन । बरु युवा स्वरोजगारका लागि अलिकति बजेट हाल्दिनुस् म खेलकुद तथा युुवामा नै जान्छु । म यही मन्त्रालयलाई राम्रो र बलियो बनाएर जान्छुु । यो भौतिक चाँही माओवादी र तपाईँहरु मिलेर खानुस् मलाई काम छैन भन्देको थिएँ ।
‘मुख्यमन्त्रीलाई तपाईँले मलाई महिनामा ५० लाख नै दिएपनि चाहिँदैन त्यो मन्त्रालय, त्यस्तो घिन लाग्दो मन्त्रालय जहाँ घुस वाहेक केही छैन भनेको छु । त्यहाँ गतिला कोही छैनन् । त्यहाँको टिम नै त्यस्तै खालको छ । जम्मैलाई कारवाही गर्दै जाने हो भनेदेखी म पनि कारवाहीमा नै पर्न जान्छु क्या लाष्टमा फेरी’, उनले हाँस्दै भने, ‘किनभने त्यहाँ कोही बच्ला जस्तै देखिँन क्या मैले । एकदमै करप्सन, त्यस्तो करप्ट मन्त्रालयमा जानु काम छैन ।’
मन्त्रीको क्षमता अनुसार मन्त्रालयको प्रभावकारिता हुने उनको बुझाई छ । उनी भन्छन्, ‘ठूलो मन्त्रालय भनेको ठग्नलाई मात्रै बनेको हो, काम गर्न भने बनेको हैन । आज मेरो मन्त्रालय सानो छ रे, म यसलाई राम्रो काम गरेर ठूलो बनाउँछु नि । मेरो मन्त्रालय म आफैँले जन्माएको मन्त्रालय हो, मलाई पृथ्वीसुब्बा दाईले दिनु भएको मन्त्रालय हो, म यसलाई नै राम्रो बनाउँदै जान्छु । मन्त्रालय कुनै सानो ठूलो हुँदैन, मन्त्रीको बुद्धि हुनुुपर्छ ।’
‘पृथ्वीसुब्बा दाइले कति राम्रोसँग चलाउनुभएको थियो, अहिले सरकार राम्ररी चलाउन सक्दैन’
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको क्याबिनेट मन्त्री बनेर कार्यभार सम्हालेकै पहिलो दिन मनाङेले अघिल्लो सरकारको प्रशंसा गरे भने अहिले आफ्नै सरकार नचल्ने ठोकुवा गरे । उनले भने – पृथ्वीसुब्बा दाइले कति मिलाएर सरकार चलाउनुभएको थियो । यहाँका काँग्रेस कसैले पनि बिरोध गरेको थिएन नि त । सबै माथिबाट बिग्रेको हो । नत्र यहाँको सरकारलाई काँग्रेसले विरोध नै गरेको थिएन ।
यद्यपी, उनले संसद बचाउनकै लागि आफूले अघिल्लो सरकारलाई साथ दिन नसकेको प्रष्ट पारे । मनाङेले भने– संसद रहने थिएन क्या । त्यहाँ मलाई सानो मन्त्रालय अहिले ठूलो मन्त्रालय भनेर मैले सहयोग नगरेको होइन । संसद त रहनुपर्यो नि । म पृथ्वीसुब्बा दाइसँग जित्न सक्दिन अनि भागेको हो । नत्र कन्भिन्स गराईहाल्छ । म सक्दिनँ नि त ।’
बजेटबारे आफूलाई थाहा नभएको भन्दै उनले यो सरकार राम्रारी चल्न नसक्ने पनि बताए ।
थप भिडियोमाः
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो