काठमाडौँ । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था राख्नुपर्ने माग गरेका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने माग गरेका हुन्। ‘राष्ट्रिय सभा र प्रतिनिधि सभाको विभेद अन्त्य गर्नै पर्छ। गौतमले भने ‘विगतमा राष्ट्रिय सभाको सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरौं भन्दा मेरो चरित्र हत्या गरियो, संविधान संशोधन गरेर पनि यो गर्नुपर्ने थियो।’
उनले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०८९ को बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने पनि बताए ।
सडकमा बजेट प्रस्तुत गर्न हुने, तर संघीय संसदमा किन पेस हुन नहुने? भन्दै नियमावली परिवर्तन गरेर भए पनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए । उनले राष्ट्रिय सभालाई बजेटबारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने