गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, थप सतर्कता अपनाउन अनुरोध

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, थप सतर्कता अपनाउन अनुरोध

kathmandu

पोखरा ।  गण्डकी प्रदेशमा कारोना भाइरसका नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार स्याङ्जा र गोरखा जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया ३ महिलामा नयाँ भेरियन्टसहितको  संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।

यससँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोधसमेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ