गण्डकी संसद चल्न एमालेको अवरोध, भन्यो – ‘रकमान्तर किन गरेको ? सबै चाहियो’

गण्डकी संसद चल्न एमालेको अवरोध, भन्यो – ‘रकमान्तर किन गरेको ? सबै चाहियो’

gandaki pradesh sabha

पोखरा । प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भयो । बजेट माथिको छलफलका लागि आज बसेको बैठकमा असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको विषयलाई मूख्य एजेण्डा बनाएको छ ।

एमालेले सरकारले गरेको रकमान्तरको फेहरिस्त मागेर सदन चल्न नदिउको हो । काँग्रेसले सरकारमा पुग्नासाथ समय नहुँदा पनि हतार हतार नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको आरोप एमालेले लगाएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको जनाउ दिनासाथ एमाले सांसदहरु आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिए ।

‘रकमान्तर के कारणले गर्नुप¥यो ?योजना कसरी छनोट भए ?,’ एमाले सांसद बस्नेतले भने, ‘यसको फेहरिस्त नआउँदासम्म यो सदन अघि बढ्न नसक्ने जानकारी गराउँछु ।’ पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएकोमा उनले आपत्ति जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds