नवलपुरः सर्पको टोकाइबाट एउटै गाउँमा लगातार तीन जनाको मृत्यु

नवलपुरः सर्पको टोकाइबाट एउटै गाउँमा लगातार तीन जनाको मृत्यु

snake

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको मृत्यु भएको छ।

सर्पको टोकाइबाट गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

राति सर्पले डसेको भए पनि अभिभावकले बिहान मात्रै थाहा पाएका थिए। शनिबार बिहान ५ बजे बालिकालाई अस्पताल लगिएको भए पनि समयमै उपचार नपाएका कारण बचाउन नसकिएको प्रहरीले जनाएको छ।

भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको टोकाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषको मृत्यु भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ