ब्राजिललाई १-० ले पराजित गर्दै कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाको पोल्टामा

ब्राजिललाई १-० ले पराजित गर्दै कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाको पोल्टामा

brajilvs arjentina

काठमाण्डौ । कोपा अमेरिका २०२१ को उपाधिका लागि आइतबार भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले जितेको छ।

ब्राजिलस्थित रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा आइतबार भएको खेलमा अर्जेन्टिनाले उपाधि रक्षा गरेको हो।

खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका डि पाउलले दिएको लामो पासमा डि मारियले सहज गोल गरेका थिए। जुन गोल नै अर्जेन्टिनाका लागि निर्णायक बन्यो । यद्यपी खेलको ८८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी वान भर्सेस वान हुँदा गोल गर्न चुकेका थिए।

पहिलो हाफपछि केही दबावमा राखेको ब्राजिलले केही राम्रा अवसर निकाले पनि सदुपयोग गर्न सकेन।

सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ