‘विप्लव’ निकट विद्यार्थी नेता बास्तोला पक्राउ, बमले उडाइदिने धम्की दिई रकम असुलीको आरोप

‘विप्लव’ निकट विद्यार्थी नेता बास्तोला पक्राउ, बमले उडाइदिने धम्की दिई रकम असुलीको आरोप

prakash bastola

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी नेता प्रकाश बास्तोला पक्राउ परेका छन् । बमले उडाइदिने धम्की दिँदै रकम असुली गरेको अभियोगमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका बास्तोला शनिबार साँझ पक्राउ परेका हुन् ।

कास्कीको रुपा गाउपालिका ३ टाकाम्जा घर भएका २६ वर्षीय बास्तोलालाई पोखरा रंगशाला गेट अगाडिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

हमालका अनुसार विभिन्न व्यक्ति र व्यवसायीलाई धम्क्याउँदै ठूलै रकम माग गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । ४–५ जनाले प्रमाणसहित उजुरी दिएकाले पक्राउ गरेको हमालले बताए ।

आइतबार म्याद थपेर अनुसन्धान गरिने उनले बताए । एक्लै चन्दा असुलीको काम गरेका छन् कि ? गिरोह नै लागेको छ? भन्नेबारे अनुसन्धान केन्द्रित हुने डिएसपी हमालले बताए । ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उनी सहिद पुत्र पनि हुन् ।

क्रान्तिकारी समर्थित विद्यार्थीहरुको सामाजिक सञ्जालमा विरोध

‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी समर्थित विद्यार्थीहरुले बास्तोला पक्राउ परेपछि सरकारसँग पार्टीले गरेको तीन बुँदे सहमति उल्लंघन गरेको भन्दै पोष्टहरु शेयर गरिरहेका छन् ।

प्रहरीले धम्क्याएर रकम असुलीको अभियोगमा अनुसन्धान गरेको बताइरहँदा उनीहरुले प्रतिबन्धित पार्टीमा आस्थावान् भएकै कारण प्रहरीले दुःख दिएको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ