बाढी/पहिरो पीडितलाई जस्ता र ५० हजार दिने प्रधानमन्त्रीको आश्वासन

बाढी/पहिरो पीडितलाई जस्ता र ५० हजार दिने प्रधानमन्त्रीको आश्वासन

pm-oli-samsad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढी/पहिरोबाट प्रभावित परिवारका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएका छन् ।

शनिबार बाढीरपहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले अस्थायी वासस्थानका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँको आश्वासन दिएका हुन् ।

यस वर्ष मेलम्ची र हेलम्बुमा गरेर ३ सय ७६ परिवार प्रभावित भएको थियो ।

प्रधानमन्त्री ओलीले स्थायी घर बनाउनका लागि मेलम्ची नरपालिकाका स्थानीयलाई प्रतिपरिवार ४ लाख र हेलम्बु गाउँपालिकाका स्थानीयलाई प्रतिपरिवार ५ लाख रुपैयाँ रकम उपलब्ध गराउनेसमेत आश्वासन दिएका छन् ।

यसैगरी, प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको क्षति एकिन गरी सुचालु गर्न पनि निर्देशन दिएका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री ओली मेलम्ची र हेलम्बुको अवलोकनपछि काठमाडौँ फर्किसकेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ