गण्डकन्यूज । पाेखरा महानगरपालिका वडा नं. २२ स्थित ओखलेडाँडा भुम्दिकाेट माविका प्रधानाध्यापक बाल याैन दुराचार आराेपमा पक्राउ परेका छन् ।
विद्यालयका प्रधानाध्यापक विश्वराज बास्ताेला आफ्नै छात्रामाथि याैन दुराचार गरेकाे आराेपमा बुधबार पक्राउ परेका हुन् । ३३ वर्षीय बास्ताेला पक्राउ परेकाे प्रहरीले पुष्टि गरेकाे छ ।
बालिकाका परिवारले बास्ताेलाले याैन दुराचार गरेकाे थाहा पाएर कुटपिटमै उत्रिएपछि घटना सार्वजनिक भएकाे हाे । मंगलबार बास्ताेलालाई बालिकाका अभिभावकले अस्पताल नै भर्ना हुने गरी कुटेका थिए । कुटपिटपछि बास्ताेलालाई गण्डकी मेडिकल कलेज ल्याएर उपचार गरिएकाे थियाे । कुटपिटपछि छाेरेपाटन प्रहरीकाे टाेली घटनास्थल पुगेकाे थियाे ।
बालिकाका अभिभावकले बुधबार प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरी नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ । प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जाहेरी परेपछि अभियुक्तलाई पक्राउ गरिएकाे र ७ दिनकाे म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रतिक्रिया दिए । ‘बालिकाका परिवारकाे उजुरीपछि पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढेकाे छ । अहिलेलाई कुराे यत्ति हाे । बालबालिका संलग्न मुद्धाबारे थप बाेल्न मिल्दैन ।’- उनले भने ।
श्राेतका अनुसार लामाे समय अघिदेखि बास्ताेलाले छात्रामाथि याैनजन्य क्रियाकलाप गर्दै आएका थिए । उनले कक्षाकाेठामै अन्य विद्यार्थी नभएकाे माैका पारेर बालिकामाथि याैन दुर्व्यवहार गर्ने, फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेज गर्ने, पाेखरा घुम्न जाने प्रस्ताव गर्ने जस्ता हर्कत गरेका थिए । मानसिक तनावमा गुज्रिएकी छात्राका परिवारले यसबारे थाहा भएपछि बास्ताेलामाथि कुटपिटमै उत्रेका थिए ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने