लमजुङकी १७ वर्षीया युवतीसहित गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि, १२५ जनामा संक्रमण

लमजुङकी १७ वर्षीया युवतीसहित गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि, १२५ जनामा संक्रमण

Gandaki covid corona 4

पोखरा । शनिबार गण्डकीमा १२५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८८८ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४८ जना, तनहुँका ३१ जना, नवलपुरका ३० जना र स्याङ्गजाका नौ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, म्याग्दीका दुई जना र मुस्ताङ जिल्लाका पाँच जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५८ हजार ७५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५४ हजार ९७२ पुगेको छ।

शनिबार पनि गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा कास्कीका दुई जना,   लमजुङ्गका दुई जना, तनहुँका एक जना र बागलुङ जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९९४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds