पोखरा । शुक्रबार गण्डकीमा २८१ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १२९ जना, तनहुँका दुई जना, गोरखाका नौ जना, लमजुङका २३ जना, नवलपुरका ३७ जना र स्याङ्गजाका सात जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका २२ जना, बागलुङका ४८ जना र म्याग्दी जिल्लाका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५८ हजार ६२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५४ हजार ५४१ पुगेको छ।
शुक्रबार पनि गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा तनहुँका एक जना, कास्की जिल्ला पोखरा महानगरका तीन जना र बागलुङ जिल्लाका तीन जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८८ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो