पोखरामा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

पोखरामा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

ACCIDENT

पोखरा। टिपरको ठक्करबाट पोखरामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका वडा नं -४ घर भइ हाल पोखरा -१७ बिरौटा बस्दै आएकी ४० वर्षीया रिता केसी रहेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।

विकका अनुसार बिहीबार राति अन्दाजी ७:३५ बजेको समयमा पोखरा -५ गणतन्त्रचोक स्थित  ग १ ख ९७०३ नंवरको टिपरले पैदल हिंडिरहेका बेला रितालाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भिर घाइते भएकी उनलाई तत्काल उपचारका अस्पताल लगिएकोमा आज बिहान ६: ३० बजेको समयमा उपचारकै क्रममा ज्यान गएको हो ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिरहेको प्रहरीको भनाई छ।

स्कुटर अनियन्त्रित भइ ठक्कर खाँदा दुई जना घाइते 

यस्तै पोखराको अमरसिंहमा स्कुटर आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।

ग ११ प १४४६ नंवरको स्कुटर अनियन्त्रित भइ बिजुलीको पोलमा ठक्कर खाँदा चालक तनहुँ जिल्ला शुक्लागण्डकी -१ कोत्रे बस्ने १८ वर्षीय संजोग परियार र स्कुटरको पछाडी सवार लमजुङ जिल्ला बेशिशहर घर भइ हाल सोही ठेगाना बस्ने १९ वर्षीय विश्वास माझकोटी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइते मध्ये चालक परियारको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds