तनहुँमा खोलाले बगाएका नेपाली मृत फेला

तनहुँमा खोलाले बगाएका नेपाली मृत फेला

death body

तनहुँ । खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ