सरकारको स्वस्थ आलोचना गर्नुस्ः मुख्यमन्त्री पोखरेल

सरकारको स्वस्थ आलोचना गर्नुस्ः मुख्यमन्त्री पोखरेल

cm krishna chandra nepali

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उनले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राखे।

“सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमीकमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरुले स्वस्थ आलोचनामार्फत हामीलाई खबरदारी गर्नुस्”, मुख्यमन्त्री पोखरेलले भने। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पुर्‍याएको योगदानको स्मरण र सम्मान गरे।

मुख्यमन्त्री पोखरेलले महासङ्घको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले तीनै तहका सरकार र महासङ्घ एकअर्काका परिपूरक भएर कार्य गर्नुपर्ने बताए।

सोही अवसरमा मुख्यमन्त्री पोखरेलले महासङ्घ बागलुङ शाखाको वेबसाइटको समेत उद्घाटन गर्नुभएको शाखा अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds