वालिङ । यहाँका स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेका हुन्।
सेतीदेवीको नाममा रहेको दुई आना तीन दाम र चूडामणिको नाममा १० आना तीन दाम क्षेत्रफल भएको जग्गाधनी प्रमाणपूर्जा पुतलीबजार नगर प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गरेका हुन्। दुवै जनाले मालपोत कार्यालय स्याङ्जाबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा जग्गा पास गरिदिएर सहयोग गरेकामा पोख्रेल परिवारप्रति नगरप्रमुख क्षेत्रीले धन्यवाद व्यक्त गरे।
“दाताहरुले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने उद्देश्यका साथ नगरपालिकालाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएकामा आभार व्यक्त गर्दछु”, नगरप्रमुख क्षेत्रीले भने, “प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयवासीका लागि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गरिने छ ।”
सबैलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न सकेमा सानो उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास वडाध्यक्ष ओमबहादुर खड्काको छ । दाताहरुबाट प्राप्त जग्गामा छिटोभन्दा छिटो भवन निर्माण गर्ने र आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन गरी सञ्चालन गरिने उनको भनाइ थियो ।
स्वास्थ्यजस्तो संवेदनशील संस्था गाउँ ठाउँकै नजिकै भए कोही कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने पवित्र उद्देश्यका साथ जग्गा उपलब्ध गराइएको जग्गादाताद्वयले बताए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो