गण्डकी सरकारले प्रदेशका ८६ वटै पालिकाको विपद् कोषमा ५ लाख दिने

गण्डकी सरकारले प्रदेशका ८६ वटै पालिकाको विपद् कोषमा ५ लाख दिने

province-cabinet

पोखरा । गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । स्थानीय विपद व्यवस्थापन कोषमा विपदजन्य घटनाहरुको रोकथाम, उद्धार र राहत तथा पुनस्र्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो । चालु आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।

अहिले बाढी पहिराको प्रकोप निकै बढेको प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग होस भनेर उक्त रकम दिने निर्णय गरिएको प्रवक्ता खड्काले बताए । प्रदेशभरका जिल्लाहरुमा भएको क्षतिको विवरण संकलन गरी आवश्यकता अनुसार उद्धार, राहत तथा पुनस्र्थापना गरिने उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ