काठमाडौँ — नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक फेरि स्थगित भएको छ । बिहीबार बिहान केहीबेर बसेर स्थगित भएको बैठक साँझ सिंहदरबारमा केहीबेर बसेर स्थगित भएको हो । साँझको बैठकमा विषयवस्तुमा प्रवेश नगरेको कार्यदल सदस्य घनश्याम भुसालले बताए ।
आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएका कारण आजको बैठकका खासै छलफल समेत हुन नसकेको उनको भनाइ छ ।
‘विगतमा धेरैपटकको अनौपचारिक छलफलबाट केही एजेन्डा तय गरेका थियौं । तर, विभिन्न कारणले गएको १० दिनदेखि हामीले खास, ठोस प्रगति गरेका छैनौं । आज बिहान बसेका थियौं । त्यसबाट साँझ सार्यौं । अब भोलि बिहान साढे ११ बजे बस्ने भनिएको छ,’ भुसालले भने । यसअघि अन्य सदस्यहरुले कार्यदल सहमति नजिक पुगेको दाबी गरेका थिए ।
अर्का कार्यदल सदस्य सुवास नेम्वाङले पनि कार्यदल कुनै टुंगोमा नपुगेको बताए । ‘आज टुंगोमा पुगिसकेका छैनौं । आजसम्म जे भएको छ, भोलि बस्ने बैठकले सबै टुंगोमा पुग्छ भन्नेमा आशावादी छौं,’ नेम्वाङले भने ।
यसैबीच, माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले भने- ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’
माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार २ जेठ २०७५ मा कायम रहेको पार्टी तथा जनवर्गीय संगठनलाई कायम गर्नुपर्ने र एकपक्षीय रुपमा गरेका निर्णयहरु खारेज गर्नुपर्ने माग राखेको छ ।
छलफलका क्रममा ओली पक्षका नेताहरु सकारात्मक पनि देखिन्छन् । तर जेठ २ मा फर्किँदा जनवर्गीय संगठनहरुको नेतृत्व, केन्द्रीय कमिटीको संख्या, पूर्व माओवादी नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रवेश नै गर्न चाहँदैनन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने