कास्कीमा निषेधाज्ञा १० दिन थपियो, सवारीमा जोर विजोर कायमै, पसल राति ८ बजेसम्म खोल्न पाइने

कास्कीमा निषेधाज्ञा १० दिन थपियो, सवारीमा जोर विजोर कायमै, पसल राति ८ बजेसम्म खोल्न पाइने

pokhara piccc

तस्वीरः सुवास नेपाल

पोखरा।  जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै साउन ५ गतेसम्म थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा शुक्रबार रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप दश दिन लम्ब्याइएको हो । निषेधाज्ञा साउन ५ गते राति १२ बजेसम्म जारी रहने छ ।

विज्ञप्ति अनुसार कास्की जिल्ला भित्र मात्र संचालन हुने गरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर कायमै गरिएको छ ।

अब पसल तथा व्यापार व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म संचालन गर्न पाइने भएको छ । तर, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ भने संचालन गर्न पाइने छैन।

यस्तै निश्चित मापदण्ड अपनाएर अनलाइन डेलिभरी साँझ ७ बजेसम्म संचालन गर्न पाइनेछ । भने, ब्यूटी पार्लर, स्विमिङ, शैलुन, फुटपाथ पसलहरु अझै पनि संचालन गर्न पाइने छैन ।

विज्ञप्तिमा हेर्नुहोस् ! के-के खुल्छ, के-के खुल्दैन ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds