नवलपुर । लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
लगातार परेको पानीका कारण सडकको ह्युमपाइप बगाएर आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ । शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माण गरिने भन्दै प्रनाउ गिरीले ठूला सवारी साधन केहीबेर रोकेर राखिने बताए। सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको उनले बताए।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
पानीले धान भिज्यो, उत्पादन घट्ने
कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते