तनहुँ । तनहुँको बन्दीपुरमा बाढीले ६ घर बगाएको छ । बुधबार राति बन्दीपुर गाउँपालिका–२ स्थित खहरे खोलामा आएको बाढीले आसपासका घरहरु बगाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
घर बगाएपनि मानवीय क्षती भने भएको छैन । बाढी पहिरोको उच्च जोखिममा रहेपछि ती घरका परिवारलाई पहिले नै सामुदायिक भवनमा राखिएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले बताए ।
यसैगरी, बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो ।
सम्बन्धित खबर
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते