अब पोखरा मनाङको ‘होम ग्राउण्ड’

अब पोखरा मनाङको ‘होम ग्राउण्ड’

pokhara stadium

पोखरा । नेपाली फुटबलमा सर्वाधिक सफल फुटबल टीममध्येको एक मनाङ मस्र्याङ्दी क्लब (एमएमसी) ले पोखरालाई आफ्नो ‘होम ग्राउण्ड’ बनाउन गरेको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहमति प्रदान गरेको छ ।

क्लबको प्रस्तावलाई सहमति प्रदान गरेको खेलपाटीले न्यूज सार्वजनिक गरेको छ । राखेपको यो निर्णयसंगै मोफसलमा जाने मनाङ पहिलो क्लब बन्ने भएको हो ।

काठमाडौंलाई आधार बनाएर फुटबलमा लगानी गरिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने प्रयास थालेको छ । मनाङ जिल्ला गण्डकी प्रदेशमा रहेकाले समेत पोखरालाई घरेलु मैदान बनाउनुपर्ने छलफल क्लबभित्र हुने गरेको थियो । क्लबमा नयाँ कार्यसमिति आएसंगै प्रक्रिया अघि बढेको हो ।

सम्झौता भएसंगै मनाङले राखेपबाट ‘होम ग्राउण्ड’को प्रमाणपत्र प्राप्त गर्नेछ । मनाङ र पोखरा रंगशालाबीचको विस्तृत सम्झौता राखेप अन्तर्गतको जिल्ला खेलकुद विकास समितिसंग हुने जनाइएको छ ।

लिग सहितका अन्य प्रतियोगिता मनाङले पोखरामै खेल्ने गरी करिब ५ वर्षलाई प्रारम्भिक रुपमा पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा उपयोग गर्ने गरी मनाङले सम्झौताको तयारी गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ