साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ ।
मंगलबार बिहान रियो दि जेनेरियोमा भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको ३५ औं मिनेटमा नेयमारकै पासमा पाक्वेटाले गोल गरेका थिए ।
ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनासँग फाइनल खेल्ने नेयमारको इच्छा
ब्राजिलियन फरवार्ड नेयमारले कोपा अमेरिकाको फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् ।
खेलपछि बोल्दै नेयमारले फाइनलमा अर्जेन्टिनाको सामना गर्न चाहेको बताए । ‘म अर्जेन्टिनासँग फाइनल खेल्न चाहन्छु । म सेमिफाइनलमा उनीहरुको लागि नै समर्थन गर्नेछु,’ उनले भने, ‘ अर्जेन्टिनामा मेरो साथीहरु छन् । तर फाइनल भने ब्राजिलले नै जित्नेछ ।’
पछिल्लोपटक ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिकामा सन् २००७ मा खेलेका थिए । भेनेजुएलामा भएको उक्त प्रतियोगितामा ब्राजिलले ३-० को जित हासिल गरेको थियो ।
यसपटक ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकामा दुई अपराजित टोली हुन् । यी दुई टोली फाइनल पुगेको अवस्थामा विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी, नेयमार र लिओनेल मेस्सी आमनेसामने हुनेछन् । दुवैले व्यक्तिगत रुपमा पनि प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । मेस्सीले ४ गोल र ४ असिस्टको योगदान दिँदा नेयमारले २ गोल गर्दै ३ असिस्ट दिएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने