एक्सपाएर डेविड कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटिएमबाट ३४ लाख झिक्ने २ जना पक्राउ

एक्सपाएर डेविड कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटिएमबाट ३४ लाख झिक्ने २ जना पक्राउ

Atm-misuse

काठमाडौं – एक्सपाएर डेविड कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटिएमबाट पैसा निकालेको अभियोगमा दुई जनालाई भत्केको पुलबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं -५ भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।

उनीहरुले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट एक्सपाएर भएको डेविड कार्ड प्रयोग गरी ३४ लाख ३५ हजार नगद निकालेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई डेविड कार्ड सहित नगद २१ लाख बरामद गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले भाटभटेनी ईलाकामा रहेको एटिएमबाट उक्त रकम निकालेको र निकालेको रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको परिसरले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds