माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

tamakosi

काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार आजदेखि परीक्षणको रुपमा बिजुली उत्पादन हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाले जनाएको छ । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।

आयोजनाले गएको शनिबार गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो ।

सुरुवाती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ