बाढीका कारण फुर्से खोलामा अड्किएका ट्याक्टर चालकको उद्धार , उपचार हुँदै

बाढीका कारण फुर्से खोलामा अड्किएका ट्याक्टर चालकको उद्धार , उपचार हुँदै

Badhi

पोखरा – बाढीका कारण फुर्से खोलाको बीच भागमा अड्किएका ट्याक्टर चालकलाई प्रहरीले उद्धार गरेको छ।

शनिबार राति ९ बजेको समयमा पोखरा महानगरपालिका -२१ कृष्टिबाट पोखरातर्फ कुखुरा लिएर आउंदै गरेको ग १ त १७७७ नंवरको ट्याक्टर फुर्से खोलाको बीच भागमा आउँदा एक्कासि बाढी आउँदा चालक सल्यान जिल्ला त्रिवेणी गाउँपालिका -४ घर भइ हाल पोखरा -१७ विरौटा बस्दै आएका ३० वर्षीय लोक बहादुर विष्ट अड्किएका थिए ।

उनी अड्किएको भन्ने खबर पश्चात तत्काल खटिएको प्रहरीको टोलीले उनको उद्धार गरेको हो ।

घाइते विष्टलाई उपचारका लागि अस्पताल पठाइएकोमा उनको स्वास्थ्य मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ