बैतडी । सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन्। उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको जनाइएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनका अनुसार घाइतेहुनेहरुमा सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
जीपका चालक १९ वर्षीय खगेन्द्र साउँद र जीप धनि ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते